खोटाङको दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते
खोटाङ | साउन १४, २०८०
खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् ।
इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ ।
दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

